तारकेश्वरमा ४ जनाको विभत्स हत्या : मृतक एकै परिवारका, चक्कुले अन्धाधुन्ध प्रहार (अपडेट)

राजधानीको तारकेश्वरमा मृतावस्थामा फेला परेका ४ जना एकै परिवारका रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो ।  मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् ।काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । विभत्स हत्या गरिएको अवस्थामा फेला परेका उनीहरुमाथि अन्धाधुन्ध

सम्बन्धित सामग्री

४ जनाको विभत्स हत्या :  युके जाने तयारीमा थिइन् सुनिता

राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा मृतावस्थामा फेला परेकामध्ये श्रीमती सुनिता पाण्डे दुई दिनपछि बेलायत (युके) जाने तयारीमा रहेको पाइएको छ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको रातोपाटीलाई बताए । ‘दुई दिनपछि मृतक मध्येकी सुनिता पाण्डे युके जाने तयारीमा रहेको थाहा भएको छ’, उनले भने, ‘घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरेपछि थाहा होला ।’घरको कोठाभित्र एकै परिवारका ४ जनाक