त्रिभुवन विश्वविद्यालय नियन्त्रण र ब्यवस्थापन गर्न नसक्दा भद्रगोल भयो । आफ्नै भीमकाय संरचना भद्दा र अस्तव्यस्त भए । शिक्षक-कर्मचारी-विद्यार्थीको राजनीति अती भयो । राजनीतिले यसलाई थिल्थिलो बनायो । गुणात्मकभन्दा संख्यात्मक जनशक्ति उत्पादन गर्ने कारखाना भयो । विद्यार्थीको परीक्षाफल एक वर्षमा पनि दिन नसक्ने भयो । पास भएको प्रमाणपत्र लिने हैरानीको कुरा गरी साध्य छैन । […]