नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् । काँग्रेसको जारी १४औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै कोइरालाले ओलीको सर्वसत्तावाद ढालेर काँग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेको उल्लेख गरेका छन् ।संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा झन्डै दुई तिहाइ मतका साथ देशका तीनवटै सरकारको नेतृत्वमा ओली नेतृत्वको सरकार आए पनि लोकत