काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच ट्युनिङ नमिलेकाे हाे भन्दै प्रश्न गर्नुभएकाे छ ।
सांसद मोदीले विभिन्न समाचारमाध्यममा आएको समाचारलाई उद्धृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेतासमेत रहनुभएका अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन प्रयास गरिरहेकाे भन्नेबारेमा पनि जवाफ माग्नुभएकाे छ ।
आज आइतवार सिंहदरबारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले माओवादीबाट मन्त्री बन्नुभएका शर्माले राम्रो का...