काठमाडौं । चीनबाटै साँचो बोकेर नेपाली बैंकको एटीएम बुथ खोल्ने क्रममा पक्राउ परेका चिनियाँ अभियुक्त यतिबेला काठमाडौंको प्रहरी हिरासतमा छन् । चीनबाटै साँचो लिएर काठमाडौं आएका यी अपराधीको हर्कतले गम्भीर प्रश्न उब्जाएको छ– नेपाली बैंकका एटीएम बुथहरु कत्तिको सुरक्षित छन् ?गत चैत १७ मा चिनियाँ नागरिक वाङ जियाओलो काठमाडौं–२७ ज्याठास्थित मेगा बैंकको एटीएम बुथ खोल्दै गर्दा पक्राउ परेका हुन् । त्यहाँ उनले चिनियाँ साँचो प्रयोग गरे एटीएम खोलेर मेशिनको सिरियल नम्बरको फोटो खिचेका थिए । तर, प