धनुषा। मधेस प्रदेशसभाका तेस्रो सभामुखको रुपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज (आइतबार) जनकपुरमा एक समारोहबीच यादवलाई सभामुख पदको शपथ गराए। उनले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिए। मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले […]
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि बागमती प्रदेश संयोजक पदमा दिइएको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएपछि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही कानुनी उपचारमा जाने भएका छन्।
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिदाइ भेटवार्ता भएको छ । चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबीच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो । पूर्वप्रधानमन्त्री खनालले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत सोङलाई बधाई दिँदै दुई मुलुकबीच सहयोग तथा सम्बन्ध विस्तार गर्न […]
६ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकका लागि आइतबार ३ विषयको कक्षा सञ्चालन गरिएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा …
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए। सरकारले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार दलित, आदिवासी जनजाति, […]