काठमाडौं : मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयले प्रतिनिधिसभा विघटनको सिफारिस भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।
'केही साथीहरुले यस्तो गर्न हुन्छ र भनेर सोध्नुभएको थियो। मैले कन्भिन्स गरेपछि मान्नु भयो। निर्णय भएर सिफारिस भएपछि केही साथीलाई कसैले ताने होलान्,' उनले भने, 'सर्वसम्मत…