काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट, भैरहवा पुग्यो
जहाज प्रतिकुल मौसमका कारण डाइभर्ट भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । नेपालगञ्जमा प्रयास गर्दा समेत नसकेपछि अहिले भैरहवामा ल्याण्ड भएको उनले बताए ।
काठमाडौं । श्री एयरलाइन्सले आज आइतबार निर्धारित सबै उडान स्थगित गरेको छ । शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको हो । हिजोको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको जनाइएको […]
१३ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका वायुसेवा कम्पनीहरुका कार्यालय क्षेत्रका संरचना हटाउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अनुसार ह्याङ्गर एप्रोन निर्माण हुने भएकाले कार्यालय क्षेत्रका संरचना हटाउन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । प्राधिकरणले सबै हेलिकप्टर कम्पनी, श्री एयर, यती एयरलाइन्स र समिट एयरलाइन्सलाई पत्र लेख्दै […]
काठमाडौं : बाँके प्रहरीले काठमाडौंबाट नेपालगन्ज गएको जहाजमा रहेका दुई जनालाई ४ किलो २१.४९ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ।आज काठमाडौंबाट नेपालगन्ज पुगेको श्री एयर एयरलाइन्सको जहाजबाट झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीलाई नेपालगन्ज प्रहरीले सुनसहित पक्राउ गरेको हो।दिउसो ३ बजे नेपालगन्ज विमानस्थलको आगमन कक्ष बाहिरपट्टि शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले खानतलासी गर्दा लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २/२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्त
सुर्खेत । जिल्ला प्रहरी कार्यालय बाँकेले चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई आज नियन्त्रणमा लिएको छ । झापा खादुनावारी गाविस-६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस-२ बस्ने बुद्दीमान खाती पक्राउ परेका हुन् । काठमाडौं बाट नेपालगञ्ज आएको श्री एयर लाएन्सको फ्लाईट नं एसएचए ४३३ नं को प्लेनबाट दिउसो दुई बजे उनीहरु नेपालगञ्ज […]
करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सञ्चालनमा आएको छ । उडान खुलेसँगै बिहीबार बिहान रातोपाटीकर्मी पुग्दा यात्रुहरुको चापाचाप देखिन्थ्यो । गत असार ७ गतेको सरकारको निर्णय अनुसार कोटा प्रणाली लागू गरी उडान सञ्चालनमा आएको हो । त्रिभूवन विमानस्थलका अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् । ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका छन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले
वैशाख ३१, चितवन । चितवन जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ ओटा उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ ओटा उडान भएका हुन् ।
यी सबै हेलिकप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीवार मात्रै तीनओटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना संक्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो ।
शर्माका अनुसार बिहीवार दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनओटा उद्धार उडान भएका छन् । यस्तै बुधवार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो ।
यही वैशाख २८ गते काठमाडौं र दाङ, वैशाख २७ गते काठमाडौं र गुल्मीको तम्घास तथा २५ गते काठमाडौंबाट उद्धार उडान भएको शर्माले जानकारी दिए । जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए ।
कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युड एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् । काठमाडौंलगायत मुख्य शहरी क्षेत्रमा संक्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ संक्रमित ल्याउने गरिएको छ ।
बाहिरी जिल्लाबाट ल्याइने संक्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुयाउने गरिन्छ । रासस
श्री एयर लाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतमा नियमित उडान भर्न सकेको छैन । उडानका लागि अनुमति प्रक्रिया लम्बिँदा र जहाज अभावमा श्री एयरलाइन्सले सुर्खेतमा नियमित उडान भर्न नसकेको हो ।
जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ। मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।