नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घको तर्फबाट आफूहरूले राष्ट्र बैङ्कका गभर्नरलाई भेट गरी मौद्रिक नीतिमा पुनर्कर्जा, पुनर्संरचना र पुनर्तालिकालाई निरन्तरता दिनका लागि सुझाव दिएको बताएका हुन् । मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिए व्यावसायिक बैङ्कमा तरलता कायम हुने उनले बताए । उनले भ