गोलाप्रथाको पहिलो दिन कायममुकायमको प्रश्नले सर्वोच्चमा सुनुवाइ प्रभावित

सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठेपछि बुधबारको इजलास प्रभावित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोरोरा सङ्क्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको काम गर्न नसकेको अवस्थामा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै प्रश्न उठाउनुभएपछि आजको इजलास प्रभावित भएको हो ।

सम्बन्धित सामग्री

सुनुवाइ प्रभावित भएकोप्रति बारले माग्यो सेवाग्राहीसँग माफी

यस पुनित कार्यमा सहयोग पुर्याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ, न्यायपालिकाको समग्र सुधारका अभियान सुरु गर्दा केही दिन पेसी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको छ

नेपाल बारले भन्यो : केही दिन सुनुवाइ स्थगित हुनसक्छ, धैर्यधारण गरौं

१० कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालयमा पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण केही दिन मुद्दा सुनुवाइ प्रभावित हुने भन्दै सर्वसाधारणलाई धैर्यधारण गर्न आग्रह गरेको छ । न्यायालयमा सुधार कार्य थालनी गर्न प्रधानन्यायाधीशको राजीनामा मागेको भन्दै बारले यसका लागि बार एशोसिएसन, न्याय तथा कानुनी क्षेत्रका व्यक्ति र सेवाग्राहीलगायत आम नागरिकको सहयोग चाहिने बताएको छ । […]

बुधबार इजलासमा के-के भयो ?

इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस दिन सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अब विवाद अघि नबढाउन भन्दै यही इजलासले मुद्दाको फैसला गर्ने अडान राखेका थिए।  त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रधानन्यायाधीशको भनाइमा बल पुग्नेगरी यही संवैधानिक इजलासको विकल्प नभएको बताएका थिए। ‘संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चारज