गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित

काठमाडौं । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि आजको इजलासमा सुनुवाइ प्रभावित भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गराइरहनुभएको छ । प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायम […]