सुर्खेत : जाजरकोट नलगाड नगरपालिका-५ स्थितमा ज्वरो र रुघाखोकीले एकजनाको मृत्यु भएको छ। जुनी माध्यमिक विद्यालय सिर्केमा कक्षा ७ मा अध्ययनरत मेनुका खड्काको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो।विद्यालयका विद्यार्थी तथा शिक्षक, शिक्षिका विरामी भएपछि गणेश प्रावि लविसाको विद्यालय बन्द गरिएको छ। गाउँमा सबै विरामी भएपछि समस्या भएको स्थानीय शिक्षक हरीश बुढाथोकीले जानकारी दिए।स्वास्थ्यकर्मी पठाइदिन नगरपालिकामा खबर गरिए पनि अहिलेसम्म स्वास्थ्यकर्मी गाउँमा नपुगेको उनले जानकारी दिए। हप्ता दिनदेखि बढेको ज्वरो