धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन्। शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निस्कने बताएका हुन्।‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन्,’ मन्त्री भट्टले भने, ‘हामी यहाँको नेतृत्व आएका छौँ। अब छलफल गर्छौँ। यो सरकारले गति लिन सकेको छैन। अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ।&