१३ चैत, पोखरा । टाउकोमा हेल्मेट लगाएर एक जना युवक अघिअघि छन् । उनीहरुसँग आफ्नो सवारी साधन हुँदैन । उनीहरुको पछिपछि अरु २ जना युवक हुन्छन्, उनीहरुको हातमा हतियार पनि हुन्छ । अघिअघि हिँडिरहेका युवक बाटोमा रोकिराखेको ग १२ प ८६५७ नम्बरको मोटरसाइकल एकैछिनमा आफैं स्टार्ट गरेर हुइँक्याउँदै लैजान्छन् । फागुन ३० गते पोखराको बुलौंदीमा […]
१८ माघ, काठमाडौं । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटर (बाइक)को पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल भयो । यो छलफलपछि धेरैले सरकारको यस्तो गृहकार्यको आचलोचना गरेका छन्, अधिकांशलाई लाग्छ कि यो विषय अव्यवहारिक र स्वार्थप्रेरित छ । स्रोतकाअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै मोटरसाइकलको पछाडि बस्ने यात्रुको जीवन […]
मोटरसाइकल चढ्नेहरुको लागि नेपालभर हेल्मेट अनिवार्य गरिएको छ । हरेक मोटरसाइकल चालकले अनिवार्य हेल्मेट पनि लगाउँछन् । तर के ती हेल्मेटहरु साँच्चै सुरक्षित छन् त ? बजारमा गुणस्तर चिह्न प्राप्त नभएका चिनियाँ र लोकल हेल्मेटहरु प्रशस्तै पाइन्छन् । तर ती हेल्मेटहरु सुरक्षाको दृष्टिले उचित हुँदैन । सबै सामानको छुट्टाछुट्टैै गुणस्तर हुन्छ । चामलको लागि छुट्टै, […]
बिनाहेल्मेट मोटरसाइकल चलाउँदा पूर्वयुवराज पारस शाहलाई प्रहरीले रोकेको घटना चर्चाको विषय बन्यो । 'श्रीपेच लगाउने टाउकोमा हेल्मेट लगाउन सुहाउँदैन' भन्दै कतिपय युवाले पारसको पक्षमा महाराजगन्ज चोकमा प्रदर्शनसमेत गरे । तर, सडक दुर्घटनासम्बन्धी तथ्यांक भन्छ, ‘श्रीपेच नलगाए पनि ज्यान जोगिन्छ, हेल्मेट नलगाए भन्न सकिन्न ।’
काठमाण्डाै - पूर्व युवराज पारस शाहले महाराजगञ्जमा रहेको नारायण गोपाल चोकमा खटिएका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्नुभएको छ ।
शुक्रवार बेलुकी हेल्मेट नलगाइ मोटरसाइकल चलाएको देखेपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सोधपुछ गर्दै हेल्मेट लगाउन आग्रह गरेको थियो । तर शाहले कहिल्यै हेल्मेट नलगाउने गरेको बताएपछि विवाद बढेको थियो । त्यसपछि त्यहाँ थप प्रहरी पुगेको थियो । प्रहरी र शाहबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
केही समयको विवादपछि प्रहरीले पारसलाई नियन्त्रणमा लिएर हेल्मेट लगाउन लगाए...
हेल्मेट नलगाइ मोटरसाइकल चलाएका पूर्वयुवराज पारस शाहले प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । शुक्रबार साँझ हेल्मेट नलगाइ मोटरसाइकल चलाएपछि प्रहरीले उनलाई महाराजगञ्जस्थित नारायणगोपाल चोकमा समातेको थियो