काठमाडौं : महानगरीय ट्राफिक महाशाखाले २०६५ सालमा दुई पांग्रे सवारी साधनको पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने नियम ल्याएको थियो। केही समय प्रहरीले नियमलाई अनिवार्य गर्न पनि खोजेको थियो। तर, मोटरसाइकल चलाउनेसँगै पछाडि बस्नेले पनि हेलमेट लगाउनैपर्ने नियम बाध्यकारी गरेपछि ट्राफिक प्रहरीसँगै सरकारले निकै आलोचना खेप्नु परेको थियो। चौतर्फी रुपमा आलोचना भएपछि…