काठमाडौं : 'गाउँमै सिंहदरबार'को नारा दिँदै विकासको नारासहित २०७४ मा आएका ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिँदैछ।‘गाउँ–गाउँमा सिंहदरबार’को सपना देखाएर यसअघिको स्थानीय तहको चुनाव जितेका थिए। चुनाव जित्न उत्कृष्ट घोषणापत्र तयार पारे पनि जनतालाई देखाएको सपना अधिकांश स्थानीय तहले पूरा गर्न सकेका छैनन्। भाषणमा काम भएको दाबी गर्छन्, व्यवहारमा देखिँदैन। झन् देशका ठूला स्थानीय तह अर्थात् ६ वटा महानगरपालिकाका जनप्रतिनिधिले चर्