वेल्स र स्विट्जरल्याण्ड बराबरीमा रोकिए

काठमाडाैं : युरो कपअन्तर्गत आज साँझ वेल्स र स्विट्जरल्याण्डले बराबरी खेलेका छन्। बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा १-० ले पछि परेको अवस्थामा वेल्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको छ। स्विट्जरल्याण्डले खेलको ४९ औं मिनेटमा गोल गरेको थियो। स्विट्जरल्याण्डका जर्सी नम्बर ७ का ब्रिल इम्बोलले १ तथा वेल्सका किफर मोरेले एक गोल गरे। योसँगै ग्रुपमा 'ए' मा रहेका चारै टोलीले एक एक खेल सकेका छन्। समूहमा इटालीले हिजो टर्कीलाई पराजित गर्दै शीर्

सम्बन्धित सामग्री

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

युरोकपमा आज दुई खेल : इटली र वेल्स, टर्की र स्वीट्जरल्ण्ड भिड्दै

६ असार काठमाडौं । युरोकप २०२० मा आज देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात राति ९:४५ बजे सुरु हुनेछ। इटलीले यसअघि नै नकआउट […]