युरोकपमा आज दुई खेल : इटली र वेल्स, टर्की र स्वीट्जरल्ण्ड भिड्दै

६ असार काठमाडौं । युरोकप २०२० मा आज देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात राति ९:४५ बजे सुरु हुनेछ। इटलीले यसअघि नै नकआउट […]

सम्बन्धित सामग्री

युरोकपमा इटलीको उत्कृष्ट सुरुआत, टर्की ३–० ले पराजित

युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुआत गरेको छ । रोमस्थित ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीलाई ३–० ले हराएको हो । खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । टर्कीका डोमिनिको बरार्डीले आत्मघाती गोल गरेसँगै अग्रता लिएको इटलीका लागि सिरो इम्मोबिले र लोरेन्जो इन्सिन्येले १–१ गोल गरे ।समूह एमा इटली र टर्कीसँगै वेल्स र स्विचरल्यान्ड पनि  छन् । वेल्सी स्विचरल्यान्डबीच आज प्रतिस्पर्धा हुँदैछ ।

युरोकपमा इटलीको विजयी सुरुवात, टर्की ३–० गोलले पराजित

काठमाण्डाै - युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–०  गोलले सहजै हराउन सफल भयो । टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एक/एक गोल गरे । इटली रहेको समूहमा स्वीट्जरल्याण्ड, वेल्स र टर्की रहेका छन् । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।  जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।

युरोकपको उद्घाटन खेलमा इटली र टर्की भिड्दै

२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको १६औं संस्करणको युरोकप आजदेखि सुरु हुँदैछ । २४ राष्ट्रको सहभागी रहेको युरोकप विभिन्न ११ देशमा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इटली र टर्कीबीच हुँदैछ । इटली ११ आयोजक मध्ये एक हो र समूह ए मा रहेका यी दुई टिमबीचको खेल रोमस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । […]