ललितपुर : शसस्त्र प्रहरी बलको एपिएफ क्लबले वीर गणेशमान सिंह स्मृति पाचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन भएको छ । जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा सम्पन्न प्रतियोगितामा एपिएफले ४ स्वर्ण ४ रजत र ४ काँस्य पदक जितेको छ । टिम च्याम्पियन भएसँगै एपिएफले १ लाख नगदसमेत पाएको छ।कुल १३ इभेन्ट्समा भएको प्रतिस्पर्धामा ३ स्वर्ण १ रजत र ४ कास्यसहित नेपाली सेनाको