विराटनगर महानगरले घटायो सम्पत्ति करको दर

विराटनगर । विराटनगर महानगरपालिकाले सम्पत्ति करको दरहरू हेरफेर गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दरलाई संशोधन गरी चालु आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐनमा सम्पत्ति करको दर घटाइएको हो ।  महानगरले घर तथा जग्गा बहाल करको दरहरूसमेत हेरफेर गरेको छ ।  महानगरपालिकाले आर्थिक ऐनमा उल्लेख भएअनुसार महानगरले सम्पत्ति कर, भूमिकर (मालपोत), घर तथा जग्गा...

सम्बन्धित सामग्री

महानगर पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर (अस) । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल शुरू गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको बारेमा छलफल शुरू गरेको हो ।  महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमवार उद्योग वाणिज्य महासंघ, उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन), एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । छलफलमा सहभागीहरूले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको गुनासो समेत उनीहरूको थियो । छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष ज्ञानु खड्का, मोरङ अध्यक्ष अमित ढकाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, एनप्याब्सन मोरङ अध्यक्ष पराग ढुंगानाले विभिन्न सुझाव दिएका थिए ।  त्यसैगरी उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, घरेलु तथा साना उद्योग संघ मोरङकी अध्यक्ष सुनिता छाराहाङ, घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद हुमागाईं, नेपाल डेन्टल एशोसिएशन मोरङकी महासचिव डा. मीरा आचार्य, मोरङ बचत संघकी अध्यक्ष सीता लामिछाने, बृहत् साकोसका अध्यक्ष योगेन्द्र साहलगायतले करको दरभन्दा दायरा बढाउनुपर्नेमा जोड दिए ।  उनीहरूले जनताका आधारभूत सेवाका क्षेत्रका रूपमा रहेको शिक्षा र स्वास्थ्यमा कर नबढाउन सुझावसमेत दिए । महानगरको नेतृत्वले सरसफाइ, पार्किङ, सुशासनलगायत क्षेत्रमा महसूस हुनेगरी काम गरेको दाबी गरेको छ । मेयर कोइरालाले प्राप्त सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

जनप्रतिनिधिको एक वर्ष : आशाको सञ्चार गराउँदै विराटनगर

स्थानीय तहको निर्वाचनबाट प्रमुख नागेश कोइरालासहितका जनप्रतिनिधिले विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेको आज मङ्गलबार एक वर्ष पूरा भएको छ । वर्ष दिनको यो अवधिमा विराटनगर महानगरका प्रमुख नागेश कोइराला नेतृत्वको टिम महानगरवासीमा आशा जगाउँदै सुधारका केही काम थालनी गरेर सकारात्मक परिवर्तनको सञ्चार गर्न सफल देखिएको छ। एक वर्षअघि जिम्मेवारी वहन गर्दै गर्दा करको दर घटाएर नगरवासीलाई राहत दिने निर्णय गरेका कोइरालाले चालु आर्थिक वर्षको बजेटमार्फत कतिपय सेवाको महसुल, शुल्क र करको दर घटाएर जनतासँग गरेको वाचा पूरा गर्ने प्रयास गर्नुभयो। त्यसपछि सेवा प्रवाहमा सुधार र सुशासन स्थापना गर्ने कार्यमा महानगरले काम गरिरहेको छ।