कोशी प्रदेश सरकारले झापाको कमल गाउँपालिका– ६ मा करिब डेढ वर्षयता प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गरेको छ । २० करोड ६३ लाख लागतमा संरचना बनाएर ५ भदौ ०७९ देखि सञ्चालनमा आएको...
कर्णालीमै १० प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुँदै आएको छ । वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अश्वगन्धा, सितो पलादी, आमलकी, अविपतिकर, अमृत चिया, पिडाहर तेललगायत औषधि उत्पादन गरिरहेको छ । अस्पतालले ग्यास्ट्रिक, पेटको रोग, बाथलगायतका बिरामीको उपचारका लागि २०७७ सालबाटै ती औषधि उत्पादन गरिरहेको हो ।
वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादन तथा वितरण गर्दै आएको छ। उत्पादित आयुर्वेदिक औषधि कर्णाली जिल्लाका आयुर्वेदिक संस्थाबाट निःशुल्क वितरण गरिँदै आएको छ। सो अनुसन्धान केन्द्रले कृषकबाट जडीबुटीसमेत खरिद गर्दै आएको छ। केन्द्रले ग्यास्टिक, पेटको रोग, बाथलगायतका औषधि २०७७ सालबाटै उत्पादन गर्दै आएको छ। औषधि उत्पादनका लागि केन्द्रलाई कर्णाली प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ। प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख डा. शङ्कर रिजालका अनुसार वार्षिक १० देखि १५ लाखसम्म बजेट केन्द्रलाई प्राप्त हुँदैआएको छ।