धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार बिहान प्रारम्भिक चरणको ‘हिट्स २’ मा १२.९१ सेकेन्डमा दौड पूरा गरेकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भेट्टाउन सकिनन् । आफ्नो समूहका नौ खेलाडीमध्ये उनी आठौं स्थानमा रहिन् ।