काठमाडौं : सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिता विपरित सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन्।निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन्। तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै चुनाव प्रचार र घरदैलो गरिरहेका छन्। केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्।मन्त्रीहरूले