नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ ।बुधबार २३ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको दर एक सातादेखि धेरै संख्यामा बढिरहेको अधिकारीले बताए ।संक्रमण दर बढे पनि जटिल अबस्थामा बिरामी भएर अस्पताल भर्ना हुने दर भने कम रहेको सहप्रवक्त