नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि गठबन्धनमा दाबी गरेको छ । सो पार्टीको रुपन्देही जिल्ला कमिटीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गर्ने निर्णय गरेको हो ।केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउ