संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्री-स्याट)को प्रश्नपत्र बाहिरिएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रहरीको यूएन शाखाले प्रश्नपत्र बाहिर ल्याएको आशंकामा छानबिन समिति गठन गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।
शनिवार लिएको दिउँसो १ बजेको प्रश्न पत्र बाहिरिएको आशंका भएपछि प्रहरीले २ घण्टा ढिलो गरी परीक्षा सञ्चालन गरेको थियो ।
‘हामीले आशंका भएपछि प्रश्नपत्र परिवर्तन गरेर केही ढिलो ...