रातोपाटी ब्रिफिङ : माधव नेपालमाथि खनिए ओली, मन्त्रिपरिषद् अझै दुई साता विस्तार नहुने

आज २०७८ भदौ ३ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा एमाले विभाजनपछि माधव नेपालमाथि खनिए ओली, मन्त्रिपरिषद् अझै दुई साता विस्तार नहुने, अष्टलक्ष्मी शाक्यलाई प्रदेश सरकार टिकाउन कठिन, एमाले विभाजनपछि प्रदेश १ सरकार अल्पमतमा, अध्यादेशबारे माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समान मत, कारवाही गरिएका १४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दबाब लगायत छन् । १. ए

सम्बन्धित सामग्री

नेपाल समूहलाई सरकारमा ल्याउनै पर्ने के छन् देउवाका बाध्यता ?

प्रधानमन्त्री भएको २१ दिन भइसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । उनी एमालेको माधव नेपाल समूहलाई पर्खेर बसेका छन् । प्रतिनिधिसभा १६५ मत ल्याएर विश्वास प्राप्त गरेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नगरेको विषयले उनकै पार्टीभित्र पनि रामचन्द्र पौडेल समूहलेसमेत प्रश्न उठाउन थालेको छ । तर देउवा किन नेपाललाई पर्खेर बसेका छन् त ? किनकी नेपाल समूहमा सरकारमा सहभागी नहुने हो भने सरकारको जग दरिलो हुँदैन । जुनसुकै बेला सरकार अप्ठेरोमा पर्न सक्छ ।

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बोलाइयो

नेकपा माओवादी केन्द्रले मन्त्री छान्ने प्रयोजनका लागि पार्टी स्थायी समिति बैठक बोलाएको छ । गठबन्धनभित्रको प्राविधिक समस्याका कारण शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकिरहेको बेला अब भने विस्तारको तयारी भएको हो ।  सोहीअनुरुप माओवादी केन्द्रको स्थायी कमिटी सोमबार बस्न लागेको हो । दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको बैठक मन्त्री छनोटमै केन्द्रीत हुने एक नेताले जानकारी दिए ।  आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल समूह सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए ।&...

‘एमालेलाई बलियो बनाउन अविश्वास प्रस्ताव फिर्ता’

न्युज अफ नेपाल,हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेकै माधव नेपाल पक्षीय सांसद्हरुले नाम फिर्ता लिनुभएको छ । पार्टीभित्रै रहेर अन्तरसंघर्षको नीति लिनुभएका उहाँहरु अब हुने मन्त्रिपरिषद् विस्तार र संसदीय दलको पदाधिकारीमा भने सहभागी नहुने प्रायः निश्चित छ । नेपाल पक्षका २२ सांसद्ले बागमती प्रदेशसभा सचिवालयलाई पत्र लेखेर अविश्वास […]