काठमाण्डाै - कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाण्डौ उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।
हिजो बसेको काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक बसमा जोर-बिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो ।
यस्तै शिक्षण संस्था पनि फागुन १ गतेदेखि खुल्ने भएका छन् । १२...
काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालले जानकारी दिए । साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ । कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस गरेको हो । अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय […]