काठमाडाैं : भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ। असार १४ गते सोमबार बसेको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो। थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल-अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेका थिए।गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भई युद