अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको मिति तय भइसकेकाले अहिले मेयर आचार्यलाई १/२ महिनाभित्र ल्याण्डफिलको व्यवस्था गर्न केन्द्रबाटै दबाब छ । विमानस्थल सञ्चालन गर्न अवरोध पनि नहुने र आफूले गर्व गर्न लायक पहिलो दीर्घकालीन महत्वको काम पनि हुने भएकाले मेयर आचार्यले अनेक उपाय अपनाइरहेका छन् ।