छोरीको स्मृतिमा पत्रकार शर्माद्वारा विद्यालयमा अक्षयकोष स्थापना
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयमा दिवङ्गत छोरीको स्मृतिमा पत्रकार धुब्रसागर शर्माले अक्षयकोष स्थापना गरेका छन्।...
धादिङका एक वृद्ध दम्पत्तीले वृद्ध भत्ताबाट विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्। जिल्लाको ज्वालामुखी गाउँपालिका– २ पोखरीचोकका खड्कनारायण श्रेष्ठ र उनकी श्रीमती यमकुमारी श्रेष्ठले नेपाल सरकारबाट पाउने वृद्ध भत्ताबाट चौरासी...
डुम्रे, २१ फागुन । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई शैक्षिक पहुँचमा पु¥याउने उद्देश्यले तनहुँका विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सदरमुकामस्थित दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । क्लबले प्रत्येक विद्यालयमा रु एक लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको हो । संस्थाले ती विद्यालयमा रु एक लाख पाँच हजार […]
अक्षयकोष स्थापना घोषणा कार्यक्रममा बोल्दै खनालले चौरासी पूजा भन्दा अध्यक्षकोष स्थापना गरेर कुनै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पूण्य हुने लागेर अक्षयकोष स्थापना गरेको बताए।...
बुटवल । लुम्बिनी सेवा समाज अमेरिकाले रुपन्देहीको देवदह नगरपालिका चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । समाजका संस्थापक स्वर्गीय कमल शर्माको स्मृतीमा समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शर्माको परिवारसँगको सहकार्यमा समाजले हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न स्व. कमल शर्मा स्मृती अक्षयकोष स्थापना गरेको हो […]
८ फागुन, गुल्मी । पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढेको छ । गुल्मीका एक दम्पतीले विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्ग सराङका नवराज खरेल दम्पतीले विवाहको खर्च कटाएर अक्षयकोष स्थापना गरेका हुन् । खरेलको शुक्रबार रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी विद्या खड्कासँग विवाह भएको थियो […]
पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
मुझुङ्गका नारायणबहादुर रायमाझीले बुवा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो बापतको रकम १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १–१० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुवा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गरेका विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए ।
रुपन्देहीको बुटबल उपमहानगरपालिका–६ अस्पताल लाइनका...
पाल्पा । पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र […]
बागलुङ, १५ मंसिर । बागलुङ नगरपालिका–१ निवासी ताराकुमारी शर्माले ८४ वर्ष पार गरेका अवसरमा उहाँका परिवारजनले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सोही वडास्थित रामरेखा आधारभूत विद्यालयमा रु ५१ हजार ५५५ को शैक्षिक अक्षयकोष खडा गरेको शर्माका छोरा रामप्रसादले जानकारी दिए । मङ्गलबार सो रकम ताराकुमारीसहित परिवारजनको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । चौरासी पूजा […]
बलेबा – रोजगारीको सिलसिलमा जापानमा रहेका यहाँका एक युवाले जन्मदिनमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेत रामु थापाले आफ्नो छोरा आयुस थापाको जन्मदिनमा रिवारे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्। गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाका अध्यक्षसमेत रहेका थापा दलित र विपन्न विद्यार्थीको बाहुल्य रहेको मल्मस्थित विद्यालयमा […]
रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन्। उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।उनले सो रकम बराबरको चेक शनिबार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । शनिबार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो । सो