मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ ।पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । समुद्री सतहदेखि २२ सय मिटर उचाइमा रहेको मस्र्याङ्दी गाउँपालिकाको घनपोख