दाङ : दाङको तुलसीपुर कारागारमा अहिलेसम्म १३० मत खसेको छ।निर्वाचन अधिकृत शेषदत्त चौधरीका अनुसार दिउँसो सवा २ बजेसम्म कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दी गरी १३० जनाले मतदान गरेका छन्। पुरुष ११२ जना र महिला १८ जना गरी १३० जनाले मतदान गरेका हुन्। कारागारमा कैदीबन्दी ९०, कर्मचारी र सुरक्षाकर्मी गरी ३६७ जना अस्थायी मतदाता रहेका छन्। अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।