काठमाण्डाै – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका एमाले सांसद गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा राखिएको छ ।
यस्तै ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतम पनि लेखा समितिमै पर्नुभएको छ । प्रतिनिधि सभा मातहतका विभिन्न संसदीय समितिमा दलहरूको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा परिवर्तन गर्नुभएको हो ।
प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सभामुख सापकोटाले कार्यव्यवस्था...