काठमाडौँ : म्यान्मामा आयोजना हुने एएफसी यु–२० महिला एशियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आइतवार बिदाइ गरिएको छ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतवार एन्फाले कार्यक्रम आयोजना गरी म्यान्मामा छनोट खेल्न जान लागेको नेपाली महिला टोलीको बिदाइ गरेको हो। टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश साह लगायतले बिदाइ गरे। एन्फा अध्यक्ष नेम्वाङले म्यान्मा भ्रमणलाई सार्थक बनाउन शुभकामना दिए।छनोट अन्तर्गत नेपाल छनोटको समूह