एसियाली सुटिङमा ११ नेपाली खेलाडी, अनलाइन प्रतिस्पर्धा हुने

१४ माघ, काठमाडौं । कुवेत सुटिङ संघको आयोजनामा प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट ११ खेलाडीले सहभागिता जनाउने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । त्यसमा ६ पुरुष र ५ महिला खेलाडी छन् । व्यक्तिगततर्फ १० मिटर एयर राइफल र एयर पेस्तोलमा प्रतिस्पर्धा हुने छ । एयर राइफलको […]

सम्बन्धित सामग्री

एसियाडमा चौथो दिन : पदकको छेउछाउ नै छैनन् नेपाली खेलाडी

९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसिन गेम्स (एसियाड) मा नेपालको कमजोर प्रदर्शनले चौथो दिन पनि निरन्तरता पाएको छ । नेपालले प्रतिस्पर्धा गरेको पुरुष भलिबल, सुटिङ, साइक्लिङ, पुरुष रग्बीमा चुनौती समाप्त भइसकेको छ । पदकको आशासहित मुख्य प्राथमिकतामा राखिएका तेक्वान्दो, बक्सिङ लगायत खेलमा नेपालको प्रदर्शन निराशाजनक देखिएको छ । मंगलबार पनि नेपालका तेक्वान्दो र बक्सिङ खेलाडी अन्तिम १६ […]

एसियाली एथलेटिक्समा ७ नेपाली खेलाडी

काठमाडौं । थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् । जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दिपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५००÷५ हजार मिटर दौड, सोमबहादुर कुमालले […]

कराँतेका १७ खेलाडीले भारतमा प्रतिस्पर्धा गर्ने

भैरहवा – वैशाख १० र ११ हुने स्पोर्टस् फेस्टिभल २०२२ मा नेपाली खेलाडी सहभागी हुने भएका छन्  । भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् । खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख […]

६ नेपाली खेलाडी बेल्जियन ओपन जी–२ तेक्वान्दो च्याम्पियनसिपमा खेल्ने

काठमाडौं : ६ जना नेपाली खेलाडीले बेल्जियन ओपन जी–२ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। १३औं दक्षिण एशियाली खेलकुद (साग)का पदक विजेतासहित ६ जना पुरुष खेलाडीले बेल्जियमको लोमेलमा हुने च्याम्पियनसिपको ग्योरोगीमा प्रतिस्पर्धा गर्ने भएका हुन्।प्रतियोगिता लागि १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेलतर्फ जानेछ। चैत ५-६ गतेसम्म हुने च्याम्पियनसिपको ८० केजीमुनि धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर

आईपीएलको अक्सनमा सन्दीपसहित १५ नेपाली खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जनाएको छ । नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् । नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् । अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ । आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

सरस्वतीले सय मिटर दौडमा आज प्रतिस्पर्धा गर्दै

ओलम्पिकमा भाग्यमानी नेपाली खेलाडी र प्रशिक्षक टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा एथलेटिक्स इभेन्ट्समा नेपालबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छिन् । उनले शुक्रबार सय मिटर हिट–२ मा प्रतिस्पर्धा गर्दैछिन् । उनका प्रशिक्षक सन्तोष श्रेष्ठ हुन् ।...

टोकियो ओलम्पिक: गौरिकाले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन १३। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि(स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् । गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट […]

टोकियो ओलम्पिकः पहिलो दिन ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

एजेन्सी। जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पहिलो दिन आज ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आर्चरी, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, तेक्वान्दो र भारोत्तोलनमा पदकका लागि प्रतिस्पर्धा हुदैछ। नेपाली खेलाडी सोनिया भट्टले पनि जुडोको ४८ केजी मुनीको तौल समूहमा रुसकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन्। त्यस्तै सुटिङमा कल्पना परियारले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन्।

सुरु हुँदै ओलम्पिक, नेपाली खेलाडी टोकियोमा

काठमाडौं: जापानको टोकियोमा आजबाट औपचारिक रुपमा सुरु हुने ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदैछन्। ओलम्पिकमा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र अक्जेन्डर शाह, शुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट सुरुमै जापान पुगेका पौडीका अलेक्जेन्डर शाह र ब्रिटेनबाट सिधै जापान पुगेकी कीर्तिमानी खेलाडी…