बैंकको चर्को ब्याज र नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिका २०७९ को बिरोधमा वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । उनीहरुले सोमबार वीरगन्जमा बिरोध जुलुस निकालेर आदर्शनगरस्थित नेपाल राष्ट्र बैंक शाखाको मूल गेटमा प्रदर्शन गरे ।