चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका(१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे विपरित दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थिय

सम्बन्धित सामग्री

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

धनगढी – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म २ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बेलौरी नगरपालिका–५ का ५० वर्षीय चौधरीलाई सोमबार मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते […]

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर महानगरपालिका–१४ रानीमा मंगलबार मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

२२ वैशाख, सप्तरी । छिन्नमस्ता गाउँपालिका-१ बिरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को१७प ८५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री तिलाठी कैलालीका ३५ वर्षीय सतिस यादवको बुधबार राति मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा […]

धादिङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

६ फागुन, काठमाडौं । धादिङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो । घटनास्थल मलेखुबाट करिब ८ किलोमिटर भित्र पर्दछ । मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । केहीबेर अघि भएको घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

१७ कात्तिक, डोटी । डोटीको शिखर नगरपालिका-८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएकी शिखर नगरपालिका-७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको हो । उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको शुक्रबार राति मृत्यु भएको छ।

ओखलढुङ्गामा मोटरसाइकलको ठक्करबाट महिलाकाे मृत्यु

ओखलढुङ्गामा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट मृत्यु

राजविराज । तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स ४ प ९५४ नंको मोटरसाइकलको ठक्करबाट घाइते उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा […]