प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्