बारा : विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण सिमरामा सरकारले करिब ५ अर्ब लगानी गरेको छ।व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले सिमरा सेजमा सुविधा सम्पन्न प्रशासनिक भवनसहित सडक, बैंक, बिमा, हुलाक भन्सार, स्वास्थ्य चौकी, बालबालिकाका लागि डे केयर, नदी तटबन्ध, खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माणमा लगानी गरेको हो।विशेष आर्थिक क्षेत्र प्राधिकरणका इन्जिनियर दिनेश न्यौपानेले एक दशकको अवधिमा पटकपटक गरी सिमरा सेजमा मात्रै नेपाल सरकारको करिब ५ अर्ब लगानी भइसकेको जनाएका छन्।८ सय