२८ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यको पहिचानका लागि ‘ब्रान्डिङ’ शुरु गरेको छ । बोर्डले यसको शुरुआत गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको जनाएको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम शुरु गरेको बोर्डको भनाई छ । क्रमशः अन्य गन्तव्यलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको बताइएको छ […]