म्याग्दी : म्याग्दीका धार्मिक, पर्यटकीय स्थल र तातोपानी कुण्डहरू फेरि गुलजार हुन थालेका छन्। सदरमुकाम बेनीबजारमा पनि चहलपहल बढेको छ। पर्यटकीय स्थलमा पनि पर्यटक बढ्न थालेका छन्।कोरोना संक्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिक, पर्यटकीय र सार्वजनिक स्थल फागुन १ गते खुला गरेसँगै मानिसको चहलपहल बढ्न थालेको हो। प्राकृतिक चिकित्सालय भनिने म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा डुबेर उपचार गराउन पनि बिरामी आउन थालेका छन्।कोरोना संक्रमण घटेकाले सबै धार्मिक स्थल