हेटौंडा : भ्यु टावर बनाउन सालको रुख काटेको आरोपमा ७ जनाविरुद्ध वन मुद्दा चलाइएको छ।हेटौँडा उपमहानगरपालिका–१४ ड्राइभरडाँडाका ७ जना स्थानीय बासिन्दाविरुद्द भ्युटावर बनाउन सालको रुख काटेको आरोपमा वन मुद्दा चलाइएको हो। पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको थियो।जसमध्ये ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन्। आधा दर्जन बढी निकुञ्जको अनुसन्धान घेराभित्र छन्। २ जना जेष्ठ नागरिकलाई परिवारको जिम्मा लगाएर घर