भ्यु टावर बनाउन रुख काट्दा ७ जना पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४, नयाँ बस्तिस्थित ड्राइभर डाँडाको सामुदायिक वनमा सालको रुख काट्ने ७ जनालाई पक्राउ गरेको छ । भ्युटावर निर्माणका लागि सो स्थानमा सालको रुख काटेको आरोपमा निकुञ्जले स्थानीय ७ जनालाई पक्राउ गरी उनीहरु विरुद्ध वन मुद्दा दर्ता चलाएको छ ।पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन् भने २ जना घर जेष्ठ ना