काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा लागु गरिएको जोर बिजोर प्रणाली हटेको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातमा लागु गरिएको जोरबिजोर प्रणाली आज शुक्रबार राती देखि नै लागु हुने गरि हटाउने निर्णय गरेका हुन् । ३ वटै जिल्ला प्रशासन कार्यालयले यसबारे नयाँ आदेश जारी गरिसकेका छन् । यस संगै अब सार्वजनिक यातायातमा जोर बिजोर लाग्ने छैन । तर उनीहरुले सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाउने छैनन् । यस अघि आज नै बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो । सार्वजनिक सवारीमा जोर बिजोर हटे पनि निजि सवारी, र ट्याक्सीमा भने यो नियम लागु नै रहने छ । त्यस्तै जिल्ला प्रशासन कार्यलयले विद्यालयको भौतिक पठन पाठन माघ महिना भरि बन्द गर्ने निर्णय गरेको छ । तर खोप लगाउन भने विद्यारतीलाई विद्यालय बोलाउन सकिने छ ।