नोबेल शिक्षण कलेज विराटनगरले अतिरिक्त शुल्क मागेको भन्दै आन्दोलनरत विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतवार एक निर्देशन जारी गर्दै आन्दोलन स्थगन गर्न भनेका हुन् ।
एमबीबीएसमा भर्ना हुने विद्यार्थीहरूलाई नोबेलले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेको जारी निर्देशनमा भनिएको छ ।
कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनका का...