सल्यान : यतिबेला पहेंलपुर भएर पाकेको गहुँ भित्र्याउने मौसम हो। बारीमा पाकेको गहुँ र पाकेको गहुँमा पानी परि रहँदा किसानले दिनरात नभनी गहुँ काट्न व्यस्त छन्।गाउँघरमा पहिलेको जस्तो अर्मपर्म गर्ने चलन हराउँदै गएको कुमाख गाउँपालिका ३ की किसान हिरा शाहीले बताए। अर्मपर्म चल्दै चल्दैन भन्ने त होइन तर पहिलाजस्तो अर्मपर्मबाटै खेतीपातीका काम टार्ने अवस्था छैन। गाउँमा श्रमिकको अभाव हुँदा आलोपालो मिलाएर अर्मपर्म नगरी निर्वाह नचल्ने उहाँको भनाई छ।कृषि गर्ने जनशक्तिको अभाव हुँदा अर्मपर्म नै विकल्प भएको अर्का क
रौतहट : रौतहटका किसानलाई दोस्रो मुख्य बाली गहुँ छर्न अहिले भ्याइनभ्याइ छ।किसानहरू यतिखेर गहुँ रोप्नका लागि आवश्यक उन्नत जातको बीउ, रासायनिक मल, खेतको सरसफाइ तथा जोताइमा लागेका छन। किसानले खेतमा भएका पराल तथा ठुटा जलाउनुका साथै जोताइ गर्न, पानीको मात्रा कम भएको जग्गामा सिँचाइ गर्न व्यस्त छन्।गहुँ छर्ने वेला पनि आफूले सहज रूपमा मल नपाएको वृन्दावन नगरपालिका-१ का किसान अजय पटेलको भनाइ छ।हाइब्रिड जातको बीउबाट प्रतिकट्ठा अढाई मनदेखि पाँच मन गहुँ उत्पादन हुने गर्छ। भारतीय बजार भङ्गाहा, इनर्वा
म्याग्दी : मध्य वैशाखको समय जिल्लाका ग्रामीण भेगका किसानलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामको चटारो छ। उनीहरू धानको बिउ राख्ने, मकै गोड्ने, गहुँ–जौ थन्काउने र आलु लगाउने लगायत काममा व्यस्त छन्।किसान व्यस्त रहेर गाउँमा आयोजित चुनावी सभामा नआएपछि स्थानीय तहका उम्मेदवार खेतबारीमै पुगेर मतदातासँग भोट माग्न थालेका छन्। उम्मेदवारहरूलाई कसरी मत आफ्नो पक्षमा पार्ने भन्ने चिन्ता छ। चुनावी माहोलबाट पर रहेका किसान भने आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना रहेको बताउँछन्। मालिक
सल्यान : यतिवेला नेतालाई चुनाव र किसानलाई बारीमा पहेँलपुर गहुँ भित्र्याउन चटारो छ। किसान वर्ष दिनभर खाने धानबालीपछिको गहुँ भित्र्याउने चटारोमा छन् भने राजनीतिक दलहरू पनि उम्मेदवार छनौट गर्न नसक्दा तनावमा रहेका छन्।बारीमा पहेँलपुर भएर गहुँ पाकेपछि किसान चुनावलाई समेत बेवास्ता गर्दै बारीमा व्यस्त हुन थालेका छन्। पाकेको गहुँ भित्र्याएपछि मात्र कुन दललाई भोट हाल्ने भनेर छलफलमा जुट्ने किसानहरूको भनाइ छ। चुनावका लागि भोट हाल्ने समय अझै भएकाले आजभोलि दिनरात नभनी बाली भित्र्याउन लागिपरेको उनीहरूको
बैतडी– बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरू आ-आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् । यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया-४ का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने […]
बैतडी । बैतडी सहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरु आ–आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु बर्षको तुलनामा यसबर्ष गहुँबाली सप्रिएको किसानले बताएकाछन् । यसपाली समयमा बर्षा हुदाँ र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया ४का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछी बजारबाट किन्नु […]
The post किसानलाई गहुँ भित्र्याउने चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.
सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानको धान बिक्री भइरहेको छैन । न त धान डुबान पीडित किसानले क्षतिपूर्ति पाउन सकेका छन् । गहुँ उम्रिएर मल हाल्ने बेला भएपनि किसानले मल पाउन सकेका छैनन् । नेपाली किसान समस्याको भूमरीमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव दिनका दिन एनजिओका कार्यक्रममा व्यस्त छन् । एक्सन एड नेपाल, वर्ल्ड भिजन, यूकेएड, फियान, केयर र युरोपियन युनियनलगायतले बुधबार जनकपुरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादव पुगेका थिए । कार्यक्रमको नाम कि
म्याग्दी-दसैँ, तिहार र छठ लगायतकापर्वहरुको रमझम सकिँदै गर्दा म्याग्दीकाकिसान बर्खेबालीभित्र्याउने र हिउँदेबालीलगाउने चटारोमा व्यस्त छन् । तर यतिबेलाम्याग्दीका मुख्य राजनीतिक दलका नेतातथाकार्यकर्ता भने पार्टीको अधिवेशनको चटारोमा छन्।जिल्लाका किसानहरु बर्खेवाली धान, कोदो, भटमास लगायतका बालीलाई घरमा भित्र्याउने देखि हिउँदेवाली आलु, गहुँ, जौ लगायतका बाली लगाउने काममा व्यस्त छन् । स्थानीय स्तरमा पार्टी कमिटीहरुमा आबद्ध भएका किसानहरुलाई […]
जेठ ३, भक्तपुर । भक्तपुरका किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो परेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि उपत्यकासँगै भक्तपुरमा पनि निषेधाज्ञा लागू गरिएको भएपनि खेतैभरि गहुँ पहेंलपुर भएर पाकेपछि किसान भने गहुँ काट्न व्यस्त भएका छन् ।
धान पछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए अहिले पर्ने असिनापानीसहितको झरीले नास गर्ने भएकाले पनि किसानलाई गहुँ काट्ने, चुट्ने र थन्क्याउने चटारो परेको स्थानीय किसानहरुको भनाइ छ । निषेधाज्ञा र कोरोना भाइरस महामारीले नेवार समुदायको प्रमुख पर्वमध्येको एक दिगु पुजा (देवाली) समेत स्थगित गरी किसानहरु खेतका गह्रागह्रामा पुगेका छन् ।
‘निषेधाज्ञा भएपनि अहिले पानी परे असिना पनि आउन सक्ने र पाकेको गहुँबाली नष्ट हुने चिन्ता हामीलाई छ,’ छालिङका कृषक अनिल फोँजूले भने, ‘त्यसैले किसानहरु निषेधाज्ञाका बीच पनि गहुँ काट्न व्यस्त छन् ।’
यसवर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँखेती वृद्धि भएको छ । कोरोना भाइरस महामारीका कारण गतवर्ष ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यसवर्ष पनि कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेका थिए । सोही कारण विगतका वर्ष ईंटा पार्ने उर्बर जमीनमा यसवर्ष भने लहलह गहुँ झुलेको छ ।
ईटाभट्टा सञ्चालन नभएकै कारण यसवर्ष छ रोपनीमा गहुँबाली लगाएको भक्तपुर नगरपालिका५ का सुमन दुवालले बताए । कोरोनाकै कारण दिगु पूजा स्थगित गरी सपरिवार चाँगुनारायण नगरपालिका–९, ताथलीमा गहुँ काट्दै गरेको अवस्थामा भेटिएका उनले भने, ‘कोरोनाका कारण ज्यामी राख्न जोखिम छ, त्यसैले सपरिवार भएर गहुँ काट्न आएका हौँ ।’
यसवर्ष भक्तपुरमा गहुँबालीको क्षेत्रफल वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्याका कारण पनि यसवर्ष किसान थ्रेसरप्रति आकर्षित भएका छन् । थ्रेसरले गहुँ चुट्दा छ्वाली भने काम नलाग्ने हुने कृषक फोँजुले बताउनुभयो । गहुँको छ्वाली विशेषगरी घरको छानो हाल्न, चुलोमा आगो बाल्न समेत प्रयोग गरिन्छ ।
नेवार समुदायमा गठेंमंगललगायतका चाडपर्व र अन्य संस्कारमा समेत छ्वालीको प्रयोग हुने गर्दछ । ‘थ्रेसरमा गहुँको बोटैसँग राख्दा छ्वाली धुलो हुने र सो धूलो गाईवस्तुलाई सोत्तर राख्न मात्र काम लाग्छ । तर पनि छिटोछरितो हुने हुँदा किसानहरु थ्रेसरप्रति आकर्षित भएका छन्,’ उनले भने । थ्रेसरले प्रतिमिनेट ६० रुपैयाँ भाडा लिने र एक रोपनी खेतको गहुँ ५ देखि १० मिनेटमा चुट्न सकिने उनले बताए ।
भक्तपुरको मध्यपुर थिमि र भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो आवादीका कारण खेतीयोग्य जमीन घट्दै गएको छ । सोही कारण यी दुई नगरमा गहुँबाली नगन्य मात्रामा गरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिकाको दधिकोट, सिरुटार, गुन्डु, सिपाडोल, चित्तपोल र नँखेल क्षेत्रमा गहुँ खेती गरिन्छ । रासस
कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् ।