माेरङ – प्रदेश सरकारले आउँदाे आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गएकाे जेठ २७ गते प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रस्तुत नीति तथा कार्यक्रममा संशोधन हाल्दै नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग राखेका थिए । अर्को बैठक आउँदाे असार १ गते दिउँसाे ३ बजेका लागि बोलाइएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नारा र कार्यक्रमलाई अन्यथ...