प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसदविरुद्ध व्यक्तिगत गाली गलौज गरेको आरोप माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो । सांसदहरुले मन्त्री गुरुङले तत्काल आत्मालोचनासहित रोस्टमबाटै माफी माग्नुपर्ने माग गरेका छन् । सांसदहरुले मन्त्री गुरुङले राखेको कुरा रेकर्डबाट हटाउन पनि माग गरेका छन् । प्रदेशसभा बजेट अधिवेशनको १४ औ बैठकको सुरुवातमै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । सुरुमा सभामुख प्रदीपकुम