अफगानिस्तान मामला र नेपालीको उद्धारबारे संसदमा एमालेले माग्यो सरकारको जवाफ
नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तामा उत्पन्न भएको राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
हालसम्म अफगानिस्तानबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका हुन् ।
काठमाडौँ - अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको उद्धार भइरहेको र बाँकीलाई पनि ल्याउने प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि यसमा परराष्ट्र अधिकारी भन्दा पनि त्यही रहेका नेपालीको सहयोग र नेपालीलाई माया गर्ने विदेशीले सहयाेग गरेर उनीहरू काठमाडौँ ओर्लेका ह…
काठमाडौँ- अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४७० जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन् । नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ । आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने मन्त्रालयले जनाएको छ । काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये ५३० जना विभिन्न मुलुकमा ट्रान्जिट र […]
अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि त्यहाँका नागरिकलाई मात्र होइन, नेपालीलाई पनि चासो र चिन्ता बढाएको छ । विश्वका कुनै पनि ठाउँ, त्यसमाथि दक्षिण एसियाकै देशमा हिंसा भड्किँदा अरुजस्तै नेपालीलाई पनि चिन्ता बढ्नु स्वाभाविक नै हो । त्योभन्दा पनि चिन्ताको कुरा त्यहाँ कार्यरत झण्डै १५ हजार नेपालीको उद्धार कहिले र कसरी हुन्छ भन्नेमा छ ।तालिबानले राजधानी काबुलसमेत कब्जामा लिएपछि र त्यहाँका राष्ट्रपति देश छोडेर भागेपछि बल्ल नेपाल सरकारले नेपालीको उद्धारका लागि भन्दै कार्यदल गठन गरेको छ । त्यहाँ रहेका नेपालीहरुलाई कन्सुलर सेवा विभा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले संयन्त्र बनाउने तयारीमात्र गरेको बताउनु भएको छ । मन्त्रालयका सचिवले संयन्त्र गठन भैसकेको जानकारी संसदीय समितिलाई गराएकै दिन घिमिरेले त्यस्ताे बताउनु भएकाे हाे । अहिलेसम्म अफगानिस्तानमा रहेका नेपाली अमेरिकी राजदुतावास र संयुक्त राष्ट्रसंघीय मिसनमा सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । […]